कांग्रेस भ्रातृ संगठन दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु मनोनीत
onlinekhabar.com · Mon Jun 15 16:06:37 GMT 2026

१ असार, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु मनोनीत भएका छन् । सभापति गगन थापाले सोमबार रामुदामुलाई दलित संघको अध्यक्षमा मनोनीत गरेका हुन् ।
उनलाई अध्यक्षको जिम्मेवारी दिँदै सभापति थापाले तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण दिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ