कर्णाली प्रदेश सरकारले ल्यायो ३५ अर्ब बढीको बेजट
annapurnapost.com · Mon Jun 15 16:09:32 GMT 2026

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले नयाँ बजेट सार्वजनिक गरेको छ। सोमबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरेका हुन्।
प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले आगामी वर्षका लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरे। उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा ७ दशमलव २८ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। प्रदेश सरकारले आगामी वर्ष चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार र पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)