मल हिनामिना प्रकरणमा दोषी ठहरिएका इटहरीका राई पक्राउ
barnanmedia.com · Fri Jun 20 23:08:07 GMT 2025

रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौँबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएका फरार प्रतिवादी इटहरी–११ निवासी दिलचन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ।
२०७९ साल भदौ २८ गतेको फैसलाअनुसार राईलाई दुई वर्ष छ महिनाको कैद र ७ लाख ५३ हजार ६७५ रुपैयाँ जरिवाना गरिएको थियो। फैसला पछि फरार रहेका राईलाई बिहीबार गोप्य सूचनाका आधारमा सामुदायिक प्रहरी बिट भवानीपुर, इटहरीबाट खटिएको टोलीले उनको घर नजिकैबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)