मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रातीको समयमा विपी राजमार्गमा गाडी नचलाइने

rajdhanidaily.com · Fri Jun 20 23:35:03 GMT 2025

सिन्धुली । विपी राजमार्गको खुर्कोटदेखि काभ्रेको काभ्रेभञ्ज्याङसम्मको सडकमा रातीको समयमा यातायात सञ्चालन नहुने भएको छ । वर्षातको समय र जोखिमपूर्ण सडकको अवस्थालाई मध्येनजर गर्दैै विपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाईएको हो ।

सिन्धुलीको मुलकोटमा शुक्रबार बसेको सिन्धुली, काभ्रे र रामेछापका सुरक्षा प्रमुखहरुको अन्तरजिल्ला संयुक्त बैठकले आगामी १५ दिनसम्म बेलुकी साढे छ बजेदेखि विहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)