लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल हुने
nepalpress.com · Tue Jul 07 02:06:49 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत पन्ध्रौं बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयक माथिको समूहीकृत छलफललाई निरन्तरता दिइनेछ ।
बैठकको सुरुमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय तथा मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)