जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
nepalsamaya.com · Mon Jun 15 16:24:49 GMT 2026

खोटाङ। जिल्लाको जन्तेढुङ्गा गाउँपालिका-३ काहुलेमा सञ्चालित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा चालु शैक्षिकसत्रमा १३६ जना विद्यार्थी भर्ना भएका छन्। भर्ना भएकामध्ये बेसहारा १३, विपन्न ११ र टाढाका तीन जना छन्।
उक्त विद्यालयमा गरिब, दलित र असाहाय बालबालिकालाई निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउन गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ। गाउँपालिकाले तीन वर्षदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएको यस विद्यालयमा अहिले २९ जना विद्यार्थी आवासीय रूपमा अध्ययनरत रहेकामा दुई जनाले शुल्क तिरेर अध्ययन गरिरहेका विद्यालय प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
शिक्षक आन्दोलन