पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण
ratopati.com · Wed Dec 17 21:32:31 GMT 2025

गण्डकी । भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । बिहीबार पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिजम मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्ति पीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा बुधबार गन्तव्य प्रवर्द्धन कार्यक्रम गरिएको हो ।
भ्रमणका क्रममा बागलुङ नगर पर्यटन विकास समितिले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले धार्मिक पर्यटनका हिसाबले प्रदेशमा प्रचुर सम्भावना रहेको बताए। “पर्वत, बागलुङलगायत सिङ्गो धवलागिरि र प्रदेशमा महत्त्वपूर्ण धार्मिक सम्पदा र तीर्थस्थल छन्”, उनले भने, “प्रकृति र संस्कृतिले पनि यो क्षेत्र धनी छ, यिनको विकासमा सबैले हातेमालो गर्न जरुरी छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)