मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपथ्यको क्यानडा यात्रा समापन, अब न्युजिल्यान्डको तयारी

ratopati.com · Wed Apr 22 17:31:48 GMT 2026

काठमाडौँ । अग्रणी नेपाली लोकरक ब्यान्ड नेपथ्यले आफ्नो दुई साता लामो शृङ्खलाबद्ध क्यानडा यात्रा सम्पन्न गरेको छ । ओन्तारियो राज्यको लन्डनस्थित ‘लन्डन म्युजिक हल’ मा शनिबार आयोजित अन्तिम कन्सर्टसँगै यस वर्षको क्यानडा भ्रमण टुङ्गिएको हो ।

क्यानडाको सदबरी सहरबाट सुरु भई मुख्य व्यापारिक केन्द्र टोरन्टो हुँदै लन्डन पुगेको यो यात्रामा दर्शकको उत्साहजनक सहभागिता रह्यो । शनिबारको अन्तिम प्रस्तुतिमा ओटावादेखि सात घण्टाको मोटर यात्रा गरेर आएका परिवारदेखि स्थानीय विदेशी नागरिक र भुटानी–नेपाली समुदायका ७७ वर्षीया धनमाया तामाङ र ७५ वर्षीय चित्र प्रधान जस्ता ज्येष्ठ नागरिकहरूको समेत उपस्थिति थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)