'विश्वशक्तिको दुरुपयोग' गर्दा पनि अमेरिका क्वार्टरफाइनलमा पुग्न सकेन
corporatenepal.com · Tue Jul 07 02:15:54 GMT 2026
काठमाडौं । फिफा विश्वकप–२०२६ को सहआयोजक अमेरिकाको विश्वकप यात्रा अन्ततः अन्तिम–१६ मै टुंगिएको छ। बेल्जियमसँग ४–१ को स्पष्ट हार बेहोरेसँगै घरेलु समर्थकमाझ ठूलो अपेक्षा बोकेको अमेरिकी टोली प्रतियोगिताबाट बाहिरिएको हो । खेलभर बेल्जियमले आक्रामक र प्रभावशाली प्रदर्शन गर्दै अमेरिकालाई दबाबमा राख्यो । बेल्जियमका खेलाडीहरूले सुरुदेखि नै खेलमाथि नियन्त्रण कायम राख्दै चार गोल गरे भने अमेरिकाले केवल एक गोल फर्काउन सफल भयो ।
प्रतियोगिताअघि र नकआउट चरणमा अमेरिकालाई विभिन्न रूपमा अनुकूल वातावरण सिर्जना गरिएको भन्दै सामाजिक सञ्जालमा व्यापक टिप्पणी भइरहेका थिए । विशेषगरी अमेरिकी फरवार्ड फोलारिन बालोगुनमाथिको निलम्बन हटाइएको निर्णयलाई लिएर केही समर्थक र विश्लेषकहरूले 'विश्वशक्तिको प्रभाव' प्रयोग भएको आरोप लगाएका थिए। यद्यपि, यस्तो आरोपलाई पुष्टि गर्ने आधिकारिक प्रमाण सार्वजनिक भएको छैन। समाचारहरूमा ट्रम्पले नै निर्देशन दिएपछि फिफाले उनको निलम्बन फुकुवाको निर्णय गरेको बताइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)