अमेरिकालाई ४–१ ले स्तब्ध पार्दै बेल्जियम ८ वर्षपछि क्वार्टरफाइनलमा
nepalviews.com · Tue Jul 07 02:20:50 GMT 2026
काठमाडौं । सहआयोजक अमेरिकालाई ४–१ को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार बिहान अमेरिकाको सियाटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीको विश्वकप यात्रा अन्तिम १६ मै टुङ्ग्याइदिएको हो।
यस जितसँगै बेल्जियम ८ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। सन् २०१४ मा क्वार्टरफाइनल र २०१८ मा तेस्रो स्थान हासिल गरेको बेल्जियम २०२२ को कतार विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो। अब सेमिफाइनल प्रवेशका लागि बेल्जियमले बलियो टोली स्पेनको सामना गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)