बर्डफ्लू प्रभावितलाई ५२ करोड क्षतिपूर्ति दिइँदै
hamrakura.com · Tue Jul 07 00:00:00 GMT 2026
काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लू रोग नियन्त्रणका क्रममा देशभरका विभिन्न ११ जिल्लामा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य सामग्रीको क्षतिपूर्तिबापत ५२ करोड रुपैयाँ एक साताभित्रै किसानलाई उपलब्ध गराउने तयारी गरेको छ।
विभागले बर्डफ्लू नियन्त्रण नियमावली अनुसार नष्ट गरिएका पन्छी, अण्डा र दानाको मूल्याङ्कन गरी ७५ प्रतिशत राहत रकम सिधै किसानको बैंक खातामा पठाउन लागेको हो। विभागका प्रवक्ता मुकुल उपाध्यायका अनुसार आवश्यक प्रमाणसहित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिएका र क्षति प्रमाणित भएका किसानहरूले यो रकम पाउनेछन्। असार मसान्तभित्र प्राविधिक कारणले भुक्तानी लिन नसक्ने किसानलाई भने नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)