स्वास्थ्य बीमा बोर्डको नाम र लोगो प्रयोग भएका अनाधिकृत पेज २४ घण्टाभित्र हटाउन निर्देशन
ratopati.com · Wed Apr 22 17:43:32 GMT 2026

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो प्रयोग गरी सञ्चालन भइरहेका अनाधिकृत सामाजिक सञ्जालका पेज तथा ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ । बोर्डले बुधबार एक सूचना जारी गर्दै फेसबुक, टिकटक र युट्युब लगायतका माध्यममा बोर्डको नाममा सञ्चालित अनधिकृत पेजहरूबाट भ्रामक र तथ्यहिन सूचना सम्प्रेषण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
बोर्डका अनुसार ‘नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा कार्यक्रम’ जस्ता नाम र लोगो प्रयोग गरेर खोलिएका पेजहरूले आम नागरिकमा भ्रम सिर्जना गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)