ए डिभिजन लिगको पहिलो चरण सकियो
nayapatrikadaily.com · Tue Nov 23 00:45:00 GMT 2021
सहिद स्मारक ए डिभिजन लिगको पहिलो चरण सकिएको छ । मच्छिन्द्र फुटबल क्लब र न्युरोर्ड टिम (एनआरटी)बीच सोमबार भएको दोस्रो खेलसँगै लिगको पहिलो चरण सकिएको हो । स्ट्राइकर सुनील बलले पहिलो र दोस्रो हाफमा गरेको एक एक गोलको मद्दतमा साविक लिग विजेता मच्छिन्द्रले एनआरटीलाई २–१ ले हरायो । यो मच्छिन्द्रको विजयी सुरुवात हो ।
आगामी शुक्रबारदेखि दोस्रो चरण खेल दशरथ रंगशालामा हुनेछ । पहिलो चरणमा थ्री स्टार, ब्रिगेड ब्वाइज, मनाङ मर्स्याङ्दी र मच्छिन्द्रले स्पष्ट तीन अंक बटुलेका छन् । गोलअन्तरमा थ्री स्टार शीर्ष स्थानमा छ ।हिमालयन शेर्पा, त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, फ्रेन्ड्स तथा सातदोबाटोले एक–एक अंक जोडेका छन् । एपिएफ, एनआरटी, जावलाखेल र च्यासल क्लबले पहिलो खेल गुमाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)