संघीय निर्णय विपरीत गौशाला नगरपालिकामा शिक्षा–स्वास्थ्य सेवा ६ दिन सञ्चालन हुने
ratopati.com · Wed Apr 22 18:31:55 GMT 2026

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाले संघीय सरकारको दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई स्थानीय आवश्यकता अनुसार परिमार्जन गर्दै विद्यालय तथा स्वास्थ्य संस्थाहरू साताको ६ दिन सञ्चालन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको नगर कार्यपालिकाको बैठकले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा प्रत्यक्ष असर पर्ने निष्कर्षसहित आइतबारसमेत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए । यसअनुसार नगरपालिकाअन्तर्गतका विद्यालय र स्वास्थ्य संस्थाहरू अब शनिबार बाहेक अन्य दिन पूर्ववत जस्तै नियमित रूपमा सञ्चालन हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)