बालबालिकालाई ‘तँ’बाट ‘तपाईं’को सम्मान दिलाउन ६ दशक बिताएका शान्तदास बा
shilapatra.com · Wed Nov 15 00:54:06 GMT 2023
तिहारको रमझमकैबीच मंगलबार दिउँसो आएको एउटा खबरले निराश बनायो– ‘बालसाहित्य रत्न शान्तदास मानन्धर अब हामीमाझ रहनुभएन ।’ बिदामा साथीभाइ भेटघाटकै क्रममा फुर्सदमा फेसबुक स्क्रोल गरिरहँदा वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति केके कर्माचार्यको पोस्ट देखेर एकछिन भनन भयो ।
गत शनिबारमात्रै मानन्धरको साहित्यिक छत्रछायाँमा हुर्केका रंगकर्मी तथा बालसाहित्य सर्जक केदार श्रेष्ठसँगको भेटमा उहाँ बिरामी भएको कुरा थाहा पाएको थिएँ । केहीछिनको भलाकुसारीमा हामी उहाँ निको भएर पुनः पहिलेजस्तै तगडा हुने र उहाँसँग बालसाहित्यका विविध पाटाबारे बहस गरेर हामीले त्यसलाई अभिलेख गर्नेसम्मका योजना बुनेका थियौँ । निकै पहिलेदेखि नै म पनि शान्तदासको बालसाहित्य र पत्रकारितामा अहिलेसम्मको मिहिनेतलाई लिएर लामै अन्तर्वार्ता गर्ने योजनामा थिएँ । खैर, त्यो अब योजनामै सीमित हुने भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)