अध्यागमन र वैदेशिक रोजगार विभागबिच जुहारी
rajdhanidaily.com · Tue Jul 18 00:56:33 GMT 2023
काठमाडौं । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर जोर्डन र कुवेत जाँदै गरेका नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर अहिले अध्यागमन विभाग र वैदेशिक रोजगार विभागबिच जुहारी चरेको छ ।
सोही जुहारीसँगै अहिले यी दुई सरकारी निकायले एकआपसमा समन्वय नगरी उल्टै आआफ्नै किसिमले भिन्दाभिन्दै विज्ञप्ति जारी गरेर फरक धारणा सार्वजनिक गरेका कारण अहिले दुवै विभागबिच कार्यसम्पादनमा नै विवादको अवस्था देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)