अफगान प्रहरीद्वारा अपहरित शिशुको उद्धार, दुई अपहरणकारी पक्राउ
barnanmedia.com · Wed Apr 22 21:35:00 GMT 2026

पूर्वी अफगानिस्तानको पक्तिया प्रान्तमा अपहरणमा परेको एक महिनाको शिशुलाई प्रहरीले उद्धार गरेको विज्ञप्ति मार्फत जनाइएको छ । शिशुलाई अपहरण गरेको आरोपमा दुई जना लाई पक्राउ गरी हिरासतमा लिएको प्रान्तीय प्रहरी कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार शिशुलाई एक महिना अघि प्रान्तको सिभिल अस्पतालबाट अपहरणकारीहरुले अपहरण गरेका थिए । उजुरी प्राप्त भए पछि मुद्दा दर्ता गरी अनुसन्धानका क्रममा प्रहरीले बच्चालाई पत्ता लगाइ उद्धार गर्न सक्षम भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)