‘आमा’ गीतबाट राष्ट्रिय समावेशी म्युजिक अवार्डमा सम्मानित भए डा. रुद्रनाथ अधिकारी
nepalsamaya.com · Mon Jun 15 17:01:44 GMT 2026

काठमाडौं । प्रसिद्ध ज्योतिषाचार्य, कर्मकाण्डविद् तथा गीतकार डा. रुद्रनाथ अधिकारीको रचनामा आधारित मातृभक्ति गीत ‘आमा’ राष्ट्रिय समावेशी म्युजिक अवार्डको नवौं संस्करणअन्तर्गत सुगम संगीत (पुरुष) विधातर्फ उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ। साथै, डा. अधिकारी वर्षको उत्कृष्ट गीतकार अवार्डबाट सम्मानित भएका छन्।
डा. अधिकारी बहुआयामिक तथा बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित छन्। उनी नेपालका चर्चित ज्योतिषमध्ये एक मानिन्छन् भने कर्मकाण्ड, धर्मशास्त्र तथा साहित्य क्षेत्रमा पनि उत्तिकै दख्खल राख्छन्। उनका विभिन्न विधाका लेख, साहित्य तथा गीतहरूमा जीवन, समाज, संस्कृति र मानवीय भावनाका विविध आयाम झल्किने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
काठमाडौँ