एघार देशका स्रष्टाहरू मुन्दुम पदमार्गमा
ratopati.com · Wed Apr 22 23:00:12 GMT 2026

भोजपुर । नेपालका सातै प्रदेशका र विभिन्न ११ देशका स्रष्टाहरूले मुन्दुम पदमार्गमा एकसाथ पदयात्रा गरेका छन् ।
मुन्दुम पदमार्ग प्रवर्द्धनसम्बन्धी विश्वव्यापी परियोजनाअन्तर्गत प्रथम चरणको सम्मेलन र भ्रमण सम्पन्न गरिएको परियोजना निर्देशक तथा संस्कृतिविद् डा भक्त राईले जानकारी दिए । उनले भने, “मुन्दुम पदमार्गको इतिहासमा एकै पटक नेपालका सातै प्रदेश र विश्वका ११ मुलुकको स्रष्टाहरूलाई पदयात्रा गराई अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलनसमेत सम्पन्न गराइएको छ ।” यसले मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)