मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधनबारे छलफल गर्न संयोजक असिम शाहले भोलीका लागि बोलाए संवाद समितिको बैठक

barnanmedia.com · Wed Apr 22 23:10:02 GMT 2026

सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र संवाद समितिको दोस्रो बैठक बिहीबार बोलाइएको छ । समितिका संयोजक असिम शाहले बिहीबार अपराह्न ३ बजे बैठक बोलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने जनाइएको छ ।

सरकारले शाहको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले संविधान संशोधनको बहसपत्र तयार गर्न छलफल सुरु गरिसकेको छ । यसअघि चैत २५ गते बसेको पहिलो बैठकमा सामान्य छलफल भएको थियो । बैठकमा नेकपा (एमाले)बाट भीष्म अधिकारी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट देव गुरुङ, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राप्रपाका ज्ञानबहादुर शाही, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)