मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

याक चौँरीपालक किसानलाई रेनकोट वितरण

ratopati.com · Wed Apr 22 23:19:20 GMT 2026

मुस्ताङ । याक चौँरी पालन गर्ने किसानलाई रेनकोट वितरण गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिकामा याक चौँरी पालन गर्ने २६ घरधुरी किसानलाई कृषि तथा पशु विकास कार्यालय मुस्ताङले रेनकोट वितरण गरिएको हो ।

राष्ट्रिय याक दिवस २०८३ को उपलक्ष्यमा बुधबार जिल्लास्थित थासाङको घट्टे खोलामा आयोजित दोस्रो राष्ट्रिय याक चौँरी दिवसको समापन अवसरमा मुस्ताङका उच्चलेंक, खर्क र पाटनका चरनक्षेत्रहरुमा याक चौँरी चराउने बेला पानी परेर याक चौँरी रेखदेख गर्ने गोठालालाई समस्या हुने गरिएकाले उनीहरूको प्रोत्साहनका लागि रेनकोट वितरण गरिएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख एवम् पशुचिकित्सक डा. लालमणि अर्यालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)