बाढी प्रभावित विद्यार्थीका लागि १ अर्बको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा,
nagariknews.nagariknetwork.com · Mon Sep 07 16:12:12 GMT 2026

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले निजी क्षेत्रका शैक्षिक संस्थासँगको सहकार्यमा करिब १ अर्ब रुपैयाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा आइतबार आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका बाढीपीडित विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त राहतमूलक छात्रवृत्ति योजना सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)