भोटेकोशी बाढी प्रभावित विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा
ictsamachar.com

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन सरकारले करिब एक अर्ब रुपैयाँबराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ अघि सारेको छ । विपद्का कारण अध्ययन प्रभावित भएका बालबालिकालाई विद्यालय शिक्षाबाट वञ्चित हुन नदिन शिक्षा तथा खेलकुद मन्त्रालयले निजी तथा सरकारी क्षेत्रसँगको सहकार्यमा यो कार्यक्रम ल्याएको हो ।
मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छात्रवृत्ति योजना सार्वजनिक गरेका हुन् । योजनाअन्तर्गत प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत करिब एक हजार विद्यार्थीलाई विभिन्न प्रकारका छात्रवृत्ति तथा शैक्षिक सहयोग उपलब्ध गराउने तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)