कैलाली र कञ्चनपुरमा जलपंक्षी गणना सुरु
ratopati.com
कञ्चनपुर । कैलाली-कञ्चनपुरका तालतलैया, नदी र सिमसार क्षेत्रमा आजदेखि जलपंक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमाली प्रकृति, नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेचर गाइड एशोसिएशन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहभागितामा जलपक्षी गणना सुरु गरिएको हो ।
जलपक्षी गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरी गणना गरिरहेको नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार कञ्चनपुरका रानीताल, ताराताल, कालिकिच ताल, बेदकोट, बन्दाताल, पुरैनी ताल, प्याराताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपक्षी गणना भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)