विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
ratopati.com · Fri Jun 26 19:27:24 GMT 2026

कुनै पनि राष्ट्रको भविष्य केवल आधुनिक प्रविधि, भौतिक पूर्वाधार वा आर्थिक वृद्धिले मात्र निर्धारण गर्दैन, त्यसका नागरिकहरूको नैतिकता, संस्कार, अनुशासन र सामाजिक उत्तरदायित्वले पनि निर्धारण गर्छ। आज हामी प्रविधिको अभूतपूर्व विकासको युगमा छौँ। कृत्रिम बौद्धिकता, इन्टरनेट र डिजिटल उपकरणहरूले संसारलाई सानो बनाइदिएका छन्। तर यही विकासको बीचमा समाजले एउटा गम्भीर प्रश्नको सामना गरिरहेको छ—के हामीले प्रविधिसँगै नैतिकता पनि विकास गरिरहेका छौँ ?
पछिल्ला केही वर्षयता बालबालिका तथा युवापुस्तामा नैतिक मूल्य, सामाजिक मर्यादा र पारिवारिक संस्कार कमजोर हुँदै गएको अनुभूति समाजका धेरै तहबाट व्यक्त हुन थालेको छ । सानाले ठुलालाई गर्ने आदर र सम्मानमा कमी आएको देखिन्छ भने ठुलाले सानालाई दिने माया, स्नेह र सहानुभूतिको संस्कार पनि कमजोर बन्दै गएको छ। व्यक्तिगत सफलता र भौतिक उपलब्धिलाई नै जीवनको अन्तिम लक्ष्य ठान्ने प्रवृत्ति बढिरहेको छ। समाजमा असहिष्णुता, आवेग, हिंसा र सामाजिक उत्तरदायित्वको कमीका घटनाहरू पनि बढिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)