मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीमानले गरे श्रीमतीमाथि कुकर प्रहार

lokaantar.com · Wed Feb 01 23:45:24 GMT 2023

पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा रक्सीले मातेका एक श्रीमानले आफ्नो श्रीमतीमाथि कुकर प्रहार गरेर घाइते बनाएका छन् । पृथ्वीचोक बसपार्कमा रहेको कृष्ण टोलका विरबहादुर विकले श्रीमती हरिमाया विकलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।

हरिमायाको अवस्था गम्भिर छ । उनको उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । हरिमायाकी जेठी छोरी मञ्जु परियारले आमाको टाउकोमा रगत जमेको र उपचारका लागि बाहिरबाट औषधि किन्ने रकम नभएको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)