ईयूले रूसमाथि नयाँ र व्यापक प्रतिबन्ध प्याकेजको घोषणा गर्यो
baahrakhari.com · Fri Jul 18 17:56:20 GMT 2025

काठमाडौं । युरोपेली संघ (ईयू)ले शुक्रबार रुस–युक्रेन युद्धका कारण रूसमाथि नयाँ तथा व्यापक प्रतिबन्ध हरूको प्याकेज पारित गरेको छ । यसले तेल निर्यातको मूल्यलाई सीमामा राख्दै मस्कोमाथि थप आर्थिक दबाब बढाउन खोजेको हो । रोयटर्सका अनुसार, यो रूसविरुद्धको १८औँ चरणको प्रतिबन्ध हो जुन सन् २०२२ मा आक्रमण भएपछि लागु गरिएको हो ।
ईयूको विदेश नीति प्रमुख काजा कालासले भनिन्, “ईयूले हालसम्मको सबैभन्दा कडा प्रतिबन्ध प्याकेजलाई स्वीकृत गरेको छ ।” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिबन्धहरूको स्वीकृति आवश्यक र समयसापेक्ष रहेको भन्दै प्रशंसा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)