माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख
ratopati.com · Fri Jan 09 20:49:39 GMT 2026

काठमाडौँ । आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ ।
रु पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा ‘एकाउन्ट पे’ चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी समेत ‘एकाउन्ट पे’ हुनुपर्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)