अवकाशपछिको जाँगर: मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
ratopati.com · Wed Dec 17 22:49:08 GMT 2025

बाँके। धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहेका छन् । उनले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाउनुभएको छैन, बरु समयलाई उत्पादक काममा लगाएका छन् । त्यसबापत उनले राम्रो आम्दानीसमेत गरिरहेका छन् । खत्री विगत चार वर्षदेखि मौरीपालनमा रमाइरहेका छन् ।
२५ घारबाट सुरु गरिएको उनको व्यावसायिक यात्राले हाल उनलाई अवकाशप्राप्त सेना होइन, एउटा सफल व्यवसायीक पहिचान दिएको छ । पहिचान मात्रै होइन, त्यससँग वार्षिक करिब रु २० लाख आम्दानीसँगै आत्मनिर्भरसमेत बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)