प्रधानमन्त्री देउवा भाजपाको हेड अफिस गएकोप्रति भीम रावलको आपत्ति !
baahrakhari.com · Fri Apr 01 17:17:00 GMT 2022
काठमाडौं । एमाले नेता भीम रावलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा गएर कूटनीतिक मर्यादा नाघेको आरोप लगाएका छन् । शुक्रबार साँझ ट्विटरमार्फत नेता रावलले देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा हो कि कांग्रेस सभापतिको हैसियतमा भएको हो भनी प्रश्नसमेत गरेका छन् ।
"शेरबहादुर देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतले हो कि, नेपाली कांग्रेसको सभापतिको ? भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो ? श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसँग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो भ्रमण पारिवारिक हो र ?," रावलले प्रश्न गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)