मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

थाइल्यान्ड–कम्बोडियालाई अमेरिकाको सहयोग घोषणा

barnanmedia.com · Fri Jan 09 21:15:00 GMT 2026

संयुक्त राज्य अमेरिकाले थाइल्यान्ड र कम्बोडियाबीच हालै कायम भएको नाजुक युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यसहित करिब चार करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार यो जानकारी दिएको हो ।

पूर्वी एसियाका लागि विदेश मन्त्रालयका शीर्ष अधिकारी माइकल डिसोम्ब्रे युद्धविराम कार्यान्वयन र त्यसलाई थप मजबुत बनाउने उपायबारे छलफल गर्न थाइल्यान्ड र कम्बोडियाको भ्रमणमा रहनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस युद्धविरामलाई आफ्नो कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)