विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
ratopati.com · Mon Jun 15 18:02:17 GMT 2026
एटलान्टा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा सोमबार राति उपाधि दाबेदार स्पेनलाई नवप्रवेशी केप भेर्डेले गोलरहित बराबरीमा रोक्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
मेक्सिकोमा सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै बलमाथि पूर्ण नियन्त्रण कायम गरे पनि गोल गर्न भने असफल रह्यो । खेलभर ७४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको स्पेनले २३ प्रहार गर्दा आठ प्रहार लक्ष्यतर्फ गरेका थिए । तर केप भेर्डेका रक्षापंक्ति र गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई गोलविहीन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)