मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

होल्डरको घातक बलिङमा इंग्ल्याण्डविरुद्ध वेस्ट इण्डिजको शानदार जित

farakdhar.com · Sun Jan 23 00:52:09 GMT 2022

इंग्ल्याण्डसँगको टी–२० श्रृंखलाको पहिलो खेलमा घरेलु टोली वेस्ट इण्डिज ९ विकेटले विजयी भएको छ । आज बिहान बार्बाडोसस्थित केन्सिङ्टन ओभल मैदानमा भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ४ रनको सामान्य लक्ष्य वेस्ट इण्डिजले १७.१ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

उसका लागि ब्रेण्डन किंगले ४९ बलमा चार चौका र एक छक्कासहित अविजित ५२ रन बनाए । त्यस्तै, निकोलस पूरनले नटआउट २७ र साई होपले २० रनको योगदान दिए । बलिङमा आदिल राशिदले एक विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)