मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस वर्षको तेस्रो त्रैमासमा ३.५१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण

kendrabindu.com · Tue Jul 07 04:02:31 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.५१ प्रतिशत आर्थिक वृद्धिदर हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको त्रैमासिक लेखा तथ्यांकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा साढे तीन प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

सो अवधिमा विद्युत् उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा शुल्क संकलन, व्यापार सेवालगायतका क्रियाकलापमा भएको वृद्धिका कारण साढे ३ प्रतिशतको आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)