सिद्धार्थ बैंकमा किर्ते कागजातबाट करोडौं कर्जा- पीडितको गम्भीर आरोप, निष्पक्ष छानबिनको माग
kalakarmi.com · Tue Jul 07 04:01:27 GMT 2026

काठमाडौं- सिद्धार्थ बैंकको मनिग्राम रुपन्देही शाखाले किर्ते कागजातको प्रयोग गरी सेवाग्राहीलाई झुटो कर्जामा फसाएको भन्दै पिडित सेवाग्राहीले छानबिनको माग गरेका छन् ।
बैंकले कालोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको तथा राष्ट्र बैंकको कारबाहीबाट बच्न आफूहरुलाई प्रयोग गरिएको भन्दै पीडितहरुले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छानबिन गर्न माग गरेका हुन् । पीडितमध्येका एक दिलिप ओलीले मनिग्राम रुपन्देही शाखाले आफूले माग नगरेको कर्जा स्वीकृत गराएको, किर्ते कागजात तयार गरी कालोसूचीमा रहेको कम्पनीका नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको तथा त्यसलाई ढाकछोप गर्न आफूलाई प्रयोग गरिएको भन्दै छानबिन गर्न माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)