सन् २०२५ मा समुद्रबाट रेकर्ड ताप अवशोषित
barnanmedia.com · Fri Jan 09 21:25:00 GMT 2026

विश्वका महासागरहरूले सन् २०२५ मा अहिलेसम्मकै उच्च मात्रामा ताप अवशोषित गरेको तथ्य वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले सार्वजनिक गरेको छ । विज्ञहरूका अनुसार यसले समुद्री सतहको वृद्धि, शक्तिशाली आँधीबेहरी र कोरल नष्ट हुने जोखिमलाई अझ तीव्र बनाएको छ ।
यो निष्कर्ष निकाल्न विश्वका ३१ अनुसन्धान संस्थामा आबद्ध ५० भन्दा बढी वैज्ञानिकले विभिन्न स्रोतको प्रयोग गरेका थिए । तीमध्ये हजारौँ फ्लोटिङ रोबोटहरू पनि रहेका छन्, जसले समुद्रको सतहदेखि करिब दुई हजार मिटर गहिराइसम्म तापक्रम र अन्य परिवर्तनहरू निरन्तर मापन गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)