फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा पनि वर्षा हुने
nepalnews.com · Mon Jan 26 17:33:04 GMT 2026

काठमाडौं । पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ।
आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौं उपत्यकासमेत छुने र हल्का वर्षा गराउने भएको जनाइएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार यो प्रणालीले बुधबार भने देशैभरि असर पार्ने छ। तराइका भूभागमा भने केही कम असर पार्ने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)