अरुण तेस्रो जलविद्युत्को आधा काम सकियो, समयमै पूरा हुने
lokaantar.com · Wed Dec 22 00:12:36 GMT 2021
निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको झन्डै आधा काम सकिएको छ । अहिलेसम्म ४५ प्रतिशत सकिएको र २४सै घण्टा काम सुचारु भएकाले निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने निर्माण कम्पनी सतलज जलविद्युत् निगमले जनाएको छ ।
यो योजना वि.सं. २०८० भित्र सम्पन्न भइसक्नुपर्नेछ । २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले काठमाडौँबाट संयुक्त रूपमा शिलान्यास गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)