भक्तपुर–ताथली–नालागढी साइक्लिङ सम्पन्न
ratopati.com · Sat Jun 21 20:15:00 GMT 2025
भक्तपुर । नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा आज (शनिबार) आयोजित २५ किलोमिटर साइक्लिङ एवं हाइकिङ यात्रा सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका–९ स्थित ब्रम्हायणी मन्दिरमा चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले आज बिहान साइकल यात्राको उद्घाटन गरेका थिए ।
उक्त साइकल यात्रा साँझ ताथलीको फैढोकामा आइपुगेको हो । साइक्लिङमा २७६ जना सहभागी थिए । नगर प्रमुख खत्रीले नगरपालिका क्षेत्रका सम्पदालाई विश्वस्तरमा पुर्याउन नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गरिएको बताउँदै युवा पुस्ता सक्रिय भएर लागे पर्यटनको विकास मात्रै नभई समग्र आर्थिक एवं भौतिक विकासमा टेवा पुग्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)