इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी
ratopati.com · Mon Jan 26 17:41:19 GMT 2026

काठमाडौँ । इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट जोगाउन कानुन बनाउन पहल सुरु गरेको छ । सांसदहरूले पश्चिमी देशहरूले अपनाइरहेका कदमहरूलाई ध्यानमा राख्दै ‘डिजिटल अराजकता’ विरुद्ध बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई विनियमित गर्ने उपायहरू खोज्ने बताएका छन् ।
हाउस अफ रिप्रेजेन्टेटिभ्सले आइतबार जारी गरेको विज्ञप्तिमा नयाँ कानुनले बालबालिकाहरूले सामना गरिरहेको डिजिटल असुरक्षा र अनियन्त्रित सामग्रीको जोखिमलाई नियन्त्रण गर्ने र यसले उनीहरूको भविष्यमा नकारात्मक असर पर्न नदिने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)