मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेटमा सीमित नेताको हालीमुहालीप्रति सांसद श्रेष्ठको हुङ्कार– गरीबबाट उठाएको कर तिमीहरुको पैतृक सम्पत्ति होइन, समानुपातिक वितरण गर

barnanmedia.com · Sat Jun 21 21:47:19 GMT 2025

संविधानमा समाजवाद लेखेर के गर्नु ? तीन मुख्य दलका ठूला नेताहरू आफ्नो परिवारभन्दा पर देख्न सक्दैनन् । आफ्नो निर्वाचन क्षेत्रभन्दा माथि उठ्न सक्दैनन् । देशै चलाउँछु भनेर तँछाडमछाड गर्नेहरुसँग पनि आफ्नो निर्वाचन क्षेत्रमा युवा क्लब तथा भजन मण्डलीहरुलाई पैसा बाँड्नेबाहेक अर्को कुनै भिजन र योग्यता छैन । उनीहरुलाई कर्णालीका दलितको पीडाले छुँदैन । तराईका मुसहरको कहरको वास्ता हुँदैन । प्रकाशमान सिंहलाई गणेशमान सिंहको नाममा बागमती र विष्णुमतीमै पैसा बगाउन पाए पनि पुग्छ । प्रचण्डलाई भरतपुरका सडकमा पिचमाथि पिच थोपरेर रेनु दाहालको नाम लेखाउन पाए पुग्छ । विष्णु पौडेललाई भैँसेपाटी र बुटवल भए पुग्छ । केपी शर्मा ओलीलाई बिनाकामको भ्यु टावर पनि झापामै बनाउनुपर्छ र अर्बौँ खन्याउनुपर्छ । सुदूरपश्चिमका जनता गरिबी, बेरोजगारी र स्वास्थ्य समस्याले आहत भइरहँदा शेरबहादुर देउवालाई चीनजस्तो बुलेट ट्रेनको बादशाह चीनसँग केही माग्नुपर्दा पनि एउटा डडेल्धुरामा एउटा सभागृह भए पुग्छ भन्दै हात पसार्न पुग्छन् ।

नेताहरूको यस प्रवृत्तिमा सांसद कृष्णकुमार (किसान) श्रेष्ठले शनिबार संसदको रोस्ट्रममै उभिएर नराम्रोसँग झापड हानेका छन् । ठूला नेताको चाकडीमा रमाउने अन्य युवा नेताहरूलाई पनि पाठ सिकाउने गरी उनले एउटा सार्वभौम जनप्रतिनिधि कस्तो हुन्छ भनेर देखाइदिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)