डोकाको दुःख हट्यो, अब घरमै धारा
barnanmedia.com · Sat Jun 21 22:24:21 GMT 2025

सूर्योदय नगरपालिका–१ स्थित धजे–मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ । “डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपनाजस्तै लाग्छ”, ८० वर्षीय वीरबहादुर राईले भन्नुभयो । साठी वर्षीया तुलसा सापकोटा विगत सम्झिँदै भन्नुहुन्छ, “पहिला एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपथ्र्यो, आजकल घरमा धारा बग्दा जीवन नै फेरिएको महसुस हुन्छ ।”
विसं २०७५ देखि सुरु गरिएको धजे–मकरजुङ खानेपानी आयोजना २०८१ साल चैत २ गते सम्पन्न भई हाल एक सय ६७ घरमा धारा जडान गरिएको छ । कोशी प्रदेश सरकारको रु ५८ लाख २० हजारमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष टीका सापकोटाले बताउनुभयो । जोगमाई खोलाबाट ९.८ किलोमिटर लामो पाइप लाइन बिछ्याएर ल्याइएको पानी सञ्चालनमा आएसँगै यहाँका नौ सय ४० उपभोक्ता लाभान्वित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)