व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
barnanmedia.com · Sat Jun 21 22:27:56 GMT 2025

सधैँजसो कृषि, पशुपालन र घरायसी कामधन्दामा व्यस्त हुने मुस्ताङको ठिनीगाउँका थकाली महिला व्यावसायिक रूपमा सङ्गठित हुँदै जान थालेका छन् । त्यहाँका महिलाले सामुदायिक कृषि र पशुपालनका साथै घरबास (होमस्टे) चलाएर वैकल्पिक आयआर्जन गर्न थालेका छन् ।
लुकेको हीरा नामको उपाधि पाएको मुस्ताङको ठिनीगाउँ सदरमुकाम जोमसोम नजिकै भएर पनि ओझेलमा परेको थियो । त्यस गाउँमा महिलाले होमस्टे चलाउन थालेपछि विस्तारै पर्यटकको उपस्थिति बढ्दै जान थालेको छ । थकाली सामुदायिक होमस्टे चलाएर त्यहाँका महिलाले गतिलो आम्दानी गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)