चङ्खेलीको मासिधारामा टेलिफोन सेवा अवरुद्ध
barnanmedia.com · Sat Jun 21 22:37:05 GMT 2025

चङ्खेली गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट वञ्चित भएका छन् ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको टावर बिग्रेका कारण यही असार १ गतेदेखि सञ्चार सेवा अवरुद्ध भएको स्थानीय हिराबहादुर शाहीले बताउनुभयो । टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, मासिधारा, दार्मा, पुमालगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)