मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पर्वतमा पहिलोपटक एक सय ४० रोपनीमा जापानी कटुसखेती

barnanmedia.com · Sat Jun 21 22:57:36 GMT 2025

काठमाडौँ, ८ असारः जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर वर्षौँदेखि झाडीमा परिणत भएको खेतबारी जोतेर जापानी कटुसको नामले परिचित (मेकाडेमिया नट) खेती विस्तार गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित पुवाडाँडामा रहेको एक सय ४० रोपनी क्षेत्रमा मेकाडेमिया नटखेती सुरु गरिएको हो ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, प्रादेशिक आयोजना कार्यान्वयन एकाइ पोखराको सहयोगमा पर्वतमा पहिलोपटक मेकाडेमिया नटखेती सुरु गरिएको छ । उन्नत कृषि कृषक समूहका अध्यक्ष टीकराम उपाध्यायका अनुसार समूहमा आबद्ध २५ भन्दा बढी सदस्यको बाँझो जग्गा उपयोग गरेर खेती विस्तार गरिएको छ । यस वर्ष मेकाडेनिया नटका एक हजार बिरुवा रोप्ने योजना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)