आयातभन्दा निर्यात कम, तेलमा झनै घाटा
rajdhanidaily.com · Sat Jun 21 23:15:54 GMT 2025

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि जेठसम्मको ११ महिनाको अवधिमा खानेतेलमा निर्यातभन्दा बढी आयात पाइएको छ । गत वर्षको तुलनामा १ खर्बभन्दा बढी निर्यात भएको तथ्यांक सार्वजनिक भइरहँदा खानेतेल निर्यातभन्दा कच्चापदार्थ आयातको तथ्यांक बढी देखिएको हो ।
चालू आवमा कुल १ खर्ब ३५ अर्ब ६२ करोड १३ लाख ८१ हजार रुपैयाँको खानेतेल आयात भएको देखिएको छ । आयातको तुलनामा निर्यात थोरै मात्र भएकाले नेपालको निर्यात व्यापार अस्वाभाविकसमेत देखिएको छ । ११ महिनामा १ खर्ब ७ अर्ब ४९ करोड ९६ लाख ३९ हजार रुपैयाँको तेलजन्य सामग्री निर्यात भएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)