पिपरा अस्पताल : जटिल शल्यक्रियाले जोगायो आमा र शिशुको ज्यान
rajdhanidaily.com · Sat Jun 21 23:25:22 GMT 2025

कपिलवस्तु । पूर्व प्रसूति जाँच नगरी बच्चा जन्माउन आएकी महिलालाई पिपरा अस्पतालले जटिल शल्यक्रियाको सहायताले आमा र शिशुको जीवन जोगाएको छ। बाणगंगा नगरपालिका–६ की ३३ वर्षीया ममता गन्धर्व (नाम परिवर्तन) बुधवार साँझ पेट दुखाइको कारण अस्पताल ल्याइएकी थिइन्।
गर्भावस्थाभरि गरिनुपर्ने आठवटा अनिवार्य चेकजाँच नगरेका कारण उनको शिशुको तौल असामान्य रूपमा बढेको र जटिलता आएको अस्पतालले जनाएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. सरस्वती भट्टराईका अनुसार, “शिशुको तौल पाँच केजी पाइएकोले अप्रेसन निकै चुनौतीपूर्ण रह्यो।”
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)