मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप आजदेखि : नेपालले सिङ्गापुरसँग खेल्दै

Ujyaaloonline.com · Sat Jun 21 23:33:06 GMT 2025

काठमाण्डौ – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप आजदेखि मलेसियामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले सिङ्गापुरसँग खेल्दैछ । यो खेल बिहान पौने ८ बजे शुरु हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा गरेको छ ।

टोलीको उपकप्तानमा सूर्यांशु कोइराला रहेका छन् । १६ वर्षमुनिको इस्ट जोन कपमा नेपालसहित १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)