७ लाख ६० हजार बढीले लिए श्रम स्वीकृति
rajdhanidaily.com · Sat Jun 21 23:39:18 GMT 2025
काठमाडौं । चालु आर्थिक वर्षको वितेका ११ महिनामा झन्डै ८ लाख जनाले वैधानिक रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको वितेका ११ महिना साउनदेखि गत जेठ मसान्तसम्मको अवधीमा कुल ७ लाख ६० हजार ३ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।
यसपाली विभागबाट श्रम स्वीकृति लिएर विभिन्न मुलुकहरूमा जाने नेपाली कामदारको आकर्षण संयुक्त अरब इमिरेट्स (युएई) मा देखिएको छ । सो अवधीमा वैदेशिक रोजगारीमा नेपाली जाने रोजगारदाता मुलुकहरु मध्ये पहिलो स्थानमा युएई रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)