स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
ratopati.com · Mon Jun 15 18:44:20 GMT 2026

काठमाडौं । आर्थिक वर्ष २०८३र८४ का लागि सुदूरपश्चिमबाहेक देशका अन्य छ वटा प्रदेश सरकारहरूले आ-आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् । सोमबार सबै प्रदेशका आर्थिक योजनामन्त्रीहरूले सम्बन्धित प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । सुदूरपश्चिममा भने मध्यराति पौने १२ बजे मात्र बजेट भाषण भयो, यद्यपि प्रतिपक्षीहरूले विरोध जनाउँदै सभा बहिस्कार गरे ।
संघीयता कार्यान्वयनको अभ्यास परिपक्व हुँदै जाँदा प्रदेश सरकारहरूले ल्याएका बजेटको प्राथमिकता, विनियोजनको ढाँचा र स्रोत व्यवस्थापनको शैलीमा केही रोचक र मिश्रित प्रवृत्ति देखिएका छन् । विगतका वर्षहरूमा बजेटमा अनावश्यक क्षेत्रमा बजेट विनियोजन गरेको आरोप खेप्दै आएका प्रदेशहरूले यस पटक यथार्थपरक बजेट ल्याउने प्रयास गरेका छन्। केही प्रदेशहरूले भने अझै पनि महत्त्वाकांक्षी योजनासहित बजेटको आकार विस्तार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)